ठोरी आसपासमा आतंक मच्याउने बाघ नियन्त्रणमा

खबर बुक
  • ख-
  • ख+

पर्सा । ठोरी गाउँपालिकालगायत आसपासको क्षेत्रमा आतंक मच्चाउदै आएको बाघलाई नियन्त्रणमा लिइएको छ।

चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीको सहयोगमा नेपाली सेनाको टोलीले नियन्त्रणमा लिइएको हो । ठोरीस्थित कुसुमवाटिका उपभोक्ता समितिका अध्यक्ष बुद्ध पाखरिनका अनुसार  पछिल्लो केही दिनदेखि सो बाघले किसानका बाख्रालगायत घरपालुवा जनावार मारेर खान थाले पछि स्थानियको अनुरोधमा सो बाघलाई नियन्त्रणमा लिईएको हो ।

बाघका कारणा स्थानियकाे ज्यान नै जाेखिम पर्ने सम्भावना बढे पछि स्थानियले निकुञ्जलाइ बाघ  नियन्त्रणमा लिन अनुराेध गरेका थिए ।  सो बाघलाई नियन्त्रणमा लिनु अघि ठोरी आसपासका क्षेत्र तथा  बाघ हिँड्ने स्थानमा क्यामेरा जडान गर्नुका साथै डाक्टरसहितको टोली परिचालन गरेर रेक्की गरिएको थियो ।

पाँच दिनको अनवरत प्रयास पछि सो बाघलाई नियन्त्रणमा लिन नेपाली सेनाको टोली सफल भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्