महाभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने

खबर बुक
  • ख-
  • ख+

महाभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ ।

बिहान ९ बजे बस्ने बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पूरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिने भएको समितिले जनाएको छ ।

जबरासँग पूरक प्रश्न सोध्ने विषयमा समितिमा विवाद छ । केही सदस्यहरुले महाअभियोग लगाउने आधार भेटिएको भन्दै पूरक प्रश्नको आवश्यकता नरहेको बताउँदै आएका छन् ।

गत १ फागुनमा प्रतिनिधिसभामा जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो । प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीशबाट निलम्बनमा परेका जबरासँग भदौ १५ बाट महाअभियोग सिफारिस समितिले बयान लिएको हो ।

पाँच दिन दिएको बयानका क्रममा आफूमाथि लगाइएको महाअभियोग प्रस्तावको औचित्य नै सकेको दाबी गर्दै जबराले सर्वोच्च अदालतका न्यायाधीश, अधिवक्ता, राजनीतिज्ञमाथि विभिन्न आक्षेपसमेत लगाउनुभएको छ ।

उहाँले आक्षेप लगाएका व्यक्तिहरुलाई पनि छलफलका लागि बोलाउने विषयमा पनि समितिको आजको बैठकले निर्णय लिने भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्