यूएईमा जारी आईसीसी विश्वकप लिग टू मा भीम सार्कीको अर्धशतक

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २२ फागुन । यूएईमा जारी आईसीसी विश्वकप लिग टू क्रिकेटमा घरेलु टोली यूएईविरुद्धको खेलमा नेपालका भीम सार्कीले अर्धशतक पूरा गरेका छन् ।

९९ बलमा सात चौकासहित ७० रन जोडेर सार्की आउट भए । कमजोर बनेको नेपाली टिमलाई आशा जगाएका छन् । राष्ट्रिय टिमबाट उनको यो पहिलो अर्धशतक हो ।

टस जितेर ब्याटिङ गरेको नेपालले ४७.४ ओभरको समाप्तिमा आठ विकेट गुमाएर २०४ रन जोडेको छ । नेपालका लागि कुशल मल्लले ३२, सन्दीप लामिछानेले २७ रन जोडेर आउट भए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्