पाकिस्तानको बलुचिस्तानमा आत्मघाती आक्रमण, ९ सुरक्षाकर्मीको मृत्यु

खबर बुक
  • ख-
  • ख+

कराँची, २२ फागुन । पाकिस्तानको बलुचिस्तानमा भएको आत्मघाती आक्रमणबाट कम्तीमा नौ जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।

सोमबार भएको सो आक्रमणमा अन्य १३ जना घाइते भएका पाकिस्तानी प्रहरीले जनाएको छ ।

क्वेटा–सिबी राजमार्गको कम्बरी पुल नजिक बलुचिस्तान कन्स्टेबुलरीका कर्मचारीहरूको ट्रकमा बम विस्फोट गराइएको थियो ।

सो आक्रमण प्रारम्भिक अनुसन्धानले आत्मघाती रहेको वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) महमूद नोतेजाईले बताउनुभयाे  ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्