सुदुरपश्चिम कांग्रेसले बोलायो संसदीय दलको बैठक

खबर बुक
  • ख-
  • ख
  • ख+

धनगढी, २१ फागुन । सुदुरपश्चिम सरकारले विश्वासको मत लिने तयारी गरिरहेको बेला नेपाली कांग्रेस प्रदेश सचिवालयले संसदीय दलको बैठक बोलाएको छ ।

नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्तिसहितले सरकारलाई विश्वासको मत दिनका लागि सर्त अघि सारे पछि अप्ठयाराेमा परेको कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

बैठक अपरान्ह १ बजे बस्नेछ  ।नेकपा माओवादी केन्द्रका नेता खगराज भट्टले यथास्थीतिमा सरकारलाई विश्वासको मत नदिने तथा उन्मुक्तिले सत्ता साझेदारीमा लिखित सहमति हुनु पर्ने सर्त राखे पछि कांग्रेस अन्यौलमा परेको छ । स्रोतका अनुसार सुदुरपश्चिम सरकारमा आलोपालो नेतृत्व गर्नुपर्ने तथा मन्त्रालयको भागबन्डा पहिला नै टुंग्याएर जानु पर्ने माओवादीको सर्त छ भने उन्मुक्तिले सरकारमा लिखित रूपमा सम्मानजनक स्थान खोजे पछि आज लिने भनिएको विश्वासको मत संकटमा परेको हाे ।

यसअघि पनि उन्मुक्तिको समर्थनमा गठन भएको एमाले नेतृत्वको सरकार विश्वासको मत नपाउँदा तीस दिन मै ढलेको थियो । एमाले सरकार ढले पछि कांग्रेसका कमलबहादुर शाहको नेतृत्वमा नयाँ सरकार  गठन भएको थियो ।नयाँ सरकार गठन भए पछि शाहले आज विश्वासको मत लिन खोजिरहेका छन । तर, माओवादी केन्द्र र उन्मुक्तिले सर्त अाए पछि  निकास निकाल्न बैठक डाकिएकाे हाे ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्