फेवातालमा डुङ्गा पल्टिँदा घाइते वृद्धाको मृत्यु

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, फागुन २० । आज शनिबार दिउँसो हावाहुरीका कारण फेवातालमा डुङ्गा पल्टिँदा एकजनाको मृत्य भएको छ । पोखरा १ बगरकी ७० वर्षीया याममाया गिरीको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

आज शनिबार साढे ४ बजेतिर चलेको हावाहुरीले गर्दा उहाँ चढेको डुङ्गा पल्टिएपछि सशस्त्र प्रहरीको टोलीले उहाँको उद्धार गरेको थियो । घाइतेको उद्धारपछि उपचारको लागि गण्डकी मेडिकल कलेज लगिएको र उपचारकै क्रममा ज्यान गएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी श्रवण विकले जानकारी दिनुभयो ।

आजै फेवातालमा हावाहुरीले गर्दा अर्को एउटा डुङ्गा पनि पल्टिएको थियो । त्यसमा रहेका चार जना युवाको सकुशल उद्धार गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्