प्रधानमन्त्री प्रचण्डको परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, फागुन ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त हुनुभएको छ ।

डा। सापकोटा अन्तर्राष्ट्रिय सम्बन्ध एवं परराष्ट्र मामिलाको जानकारका रुपमा परिचित हुनुहुन्छ । सापकोटालाई फागुन १ गतेदेखि नै परराष्ट्र सल्लाहकारमा नियुक्त गरिएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । दाहाल प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै सापकोटाले काम गरिरहनु भएको थियो ।

सापकोटाले त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिक विषयमा प्राध्यापन गराउदै आउनुभएको छ । उहाँले चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पिएचडी गर्नुभएको छ । सापकोटा पूर्व सभामुख अग्निप्रसाद सापकोटाका छोरा हुनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्