बलात्कार आराेपमा एक युवक पक्राउ

खबर बुक
  • ख-
  • ख+

दार्चुला, ३ फागुन । ४५ वर्षीया महिलालाई जबजस्ती करणी गरेको अभियोगमा लेकम गाउँपालिका-४ झलाती घर भई हाल शैल्यशिखर नगरपालिका-९ पथ्थरयानीस्थित ससुराली घरमा बस्ने २७ वर्षीय प्रेम पार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

पार्कीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्