सुनचाँदीको मूल्य घट्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३ फागुन । नेपाली बजारमा बुधबार सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार पनि सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ घटेको थियो । मंगलबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, बुधबार तेजाबी सुन प्रतितोला १ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार भने तेजाबी सुन प्रतितोला १ लाख ३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो। बुधबार चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा किनबेच भएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्