बैतडीबाट लागूऔषधसहित एक जना पक्राउ

न्युज कारखना
  • ख-
  • ख+

बैतडी, १५ माघ । बैतडीबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दशरथ नगरपालिका-८ त्रिपुरा पुजारीगाउँबाट अवैध लागूऔषधसहित ५० वर्षीय नारायणसिंह थापालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

लागूऔषध चरेश २ सय ८० ग्रामसहित थापालाई प्रहरी प्रक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले नारायण सिंहको खुद्रा पसल, घर र शरीर खानतलासी गर्ने क्रममा चरेश फेला परेपछि उनी पक्राउ परेका थिए । उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्