काठमाडौं, २६ पुस । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक माघ १५ गतेलाई सरेको छ।
पुस २८ गतेलाई तोकिएको कार्यसमिति बैठक माघ १५ गतेलाई सरेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यसअघि पनि कांग्रेसले पुस २२ गतेको बैठक २८ गतेका लागि सारेको थियो । कांग्रेस केन्द्रीय समिति बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा, समसामयिक राजनीति र विविध विषयमा छलफल हुने बताइएको छ ।









