पृथ्वी जयन्तीलाई पुनर्स्थापित गर्नु जनआन्दोलनको भावना विपरीत- उपेन्द्र यादव

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २६ पुस । जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले राजतन्त्रात्मक निरङ्कुश पञ्चायती व्यवस्थाले स्थापित गरेको पृथ्वी जयन्तीलाई प्रचण्ड सरकारले पुनर्स्थापित गर्नु जन–आन्दोलनको मर्म र भावना विपरीत भएको बताउनु भएको छ ।

पृथ्वी जयन्तीका अवसरमा सरकारले भोलि २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेपछि उहाँले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यसको विरोध गर्नु भएको हो ।

यो निर्णय जनआन्दोलनको मर्म र भावना विपरीत भएको र यसबाट विविधतामा एकता नभई एकतामा विभेद उत्पन्न गर्ने यादवले दावी गर्नु भएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्