नेतन्याहुको नयाँ सरकारविरुद्ध हजारौँको प्रदर्शन

खबर बुक
  • ख-
  • ख+

जेरुसेलम, २४ पुस।इजरायली इतिहासमा सबैभन्दा दक्षिणपन्थी मानिने प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको नयाँ सरकारविरुद्ध हजारौं इजरायलीहरूले विरोध प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीहरूले तेल अवीवको तटीय सहरमा ‘लोकतन्त्र खतरामा छ’ र ‘फासीवाद र रंगभेदको विरुद्धमा’ लगायतका नारा लगाएका प्लेकार्ड बोकेका थिए ।

कोहीले इजरायली र इन्द्रेणी झण्डा फहराएका थिए भने अरूले ‘अपराध मन्त्री’ लेखिएको ठूलो ब्यानर बोकेका थिए । यो नारा विगतका वर्षहरूमा नेतन्याहुविरुद्ध नियमित प्रदर्शनको क्रममा इजरायलीहरूले व्यापक रूपमा प्रयोग गर्दथे ।  नोभेम्बर १ को निर्वाचनपछि नेतान्याहुले गठबन्धन सरकारको नेतृत्व गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्