प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिए एमाले आफैलाई घाटा हुने विश्लेषक जैनेन्द्र जिवनको भनाई

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, पुष २२ । राजनीतिक विश्लेषक जैनेन्द्र जीवनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत एमालेले नदिए उसैलाई घाटा हुने टिप्पणी गर्नुभएको छ ।

रेडियो काठमाडौंको कार्यक्रम राईट कर्नरमा कुराकानी गर्दै उहाँले अहिले एमालेले विश्वासको मत नदिएर बदला लिने हल्ला चलिरहेको भन्दै त्यो गर्न नहुने बताउनुभयो । सरकारको प्रधानमन्त्री प्रचण्ड भए पनि यसको ‘किं मेकर’ एमाले अध्यक्ष केपी शर्मा ओली भएकाले आफूलाई सहित सावित गर्न पनि विश्वासको मत दिनुपर्ने उहाँको भनाई छ । यस्तै कांग्रेसले राप्रपा अध्यक्ष राजेन्द्र लिंदेनलाई प्रधानमन्त्री प्रस्ताव गरेको हल्लाका बारेमा बोल्दै उहाँले नेपाली राजनीतिमा केहि असम्भव नभएकाले हुन पनि सक्ने बताउनुभयो । तर, कांग्रेसले मात्रै समर्थन गरेर लिंदेन प्रधानमन्त्री नबन्ने भएकाले यो एक फगत हल्ला मात्रै पनि हुन सक्ने उहाँको भनाई छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा वर्तमान मन्त्री रवि लामिछाने पनि प्रधानमन्त्री बन्ने हल्ला यसै चलाइएको उहाँको दावी छ । सरकारमा सहभागी भएका राप्रपा र रास्वपाले मन्त्रीमा भाग खोज्नुलाई धेरै गिजोल्न नहुने उहाँको भनाई छ । काम गर्ने मन्त्रालयमा गएर जनतासँग प्रत्यक्ष प्रभाव पार्ने काम गरे उनिहरुलाई राजनीतिक यात्रामा थप सहयोग पुग्ने भएकाले मन्त्रालयको इच्छा राख्नु जायज भएको उहाँको तर्क छ ।

यस्तै प्रदेशमा पार्टीहरु सरकार निर्माणमा मौन भएको विषयमा बोल्दै उहाँले केन्द्र सरकारको निर्णय कुर्ने परिपाटी गलत भएको बताउनुभयो । संविधानमा नै प्रदेशलाई स्वयत सरकारको रुपमा व्याख्या गरिएकाले त्यसलाई दलहरुले मनन गनुपर्ने उहाँको धारणा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्