पाँच दिनभित्र सरकार गठन गर्न गण्डकीका प्रदेश प्रमुखको आह्वान

खबर बुक
  • ख-
  • ख+

पोखरा, २१ पुस । गण्डकीमा पाँच दिनभित्र सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्नुभएकाे छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबार पाँच दिनको समय दिएर सरकार गठनका लागि दलहरुलाई आह्वान गर्नुभएकाे हाे ।

गण्डकीमा एउटा मात्रै पार्टीको बहुमत छैन । त्यसैले संविधानको धारा १७६ (२) अनुसार २ वा सो भन्दा बढी पार्टी मिलेर सरकार बनाउनुपर्छ ।

केन्द्रीय सत्ता गठबन्धन हेर्ने हो भने यहाँ पनि एमाले, माओवादी र राप्रपाको गठजोडबाट सरकार बन्ने देखिन्छ । पहिलो पार्टी नेपाली कांग्रेससँग २७ सीट छ भने सत्ता गठबन्धनसँग ३२ सीट छ । एक सीट एकीकृत समाजवादीमा छ ।

माथिल्लो गठबन्धनका कारण यहाँ पनि पहिलो पार्टी सत्ताबाट बाहिर रहने पक्का भएको छ । दोश्रो दल एमालेको २२ तथा माओवादीको ८ र राप्रपाको २ सीटबाट गण्डकीमा सरकार बन्न सक्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्