आज बिहानदेखि देशका पहाडी भूभागमा आंशिक बदली रही तराईका केही भूभागमा हुस्सु तथा कुहिरो लागेको छ।
अहिले नेपालकाे पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले मौसम बदली भएको छ । साथै काठमाडौँ उपत्यकासहित देशैभर चिसो बढेको छ ।
हुस्सु र कुहिरोका कारण तराईका जिल्लामा जनजीवन प्रभावित हुन थालेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।
प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली छ । अहिले काठमाण्डौ उपत्यका तथा तराई/मधेसमा हुस्सु र कुहिरो लागेको छ । काठमाण्डौमा लागेको हुस्सु कुहिरो घाम लाग्न थालेसँगै हट्ने मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिनुभयो ।
आज बिहान काठमाण्डौको न्यूतनम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ । गएको बुधवार काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव १ डिग्री सेल्सियस थियो ।









