थाइल्याण्डमा युद्धपोत पल्टिँदा कम्तीमा ३१ नाविक वेपत्ता

खबर बुक
  • ख-
  • ख+

बैंकक, ५ पुस । थाइल्याण्डको खाडीमा आएको आँधीमा १०० भन्दा बढी चालकदल बोकेको एक युद्धपोत पल्टिँदा कम्तीमा ३१ जना नाविक बेपत्ता भएको थाई नौ सेनाले जनाएको छ ।

पावर कन्ट्रोलमा पानी आएपछि एचटीएमएस सुखोथाई युद्धपोत डुबेको थियो । नौसेनाले सेयर गरेको तस्बिरले  लाइफ राफ्टमा बाँचेका केही चालक दललाई देखाइएको छ ।

७५ नाविकहरूलाई उद्धार गरेका र अझै ३१ जना समुन्द्रमा हराइरहेका अधिकारीहरूले बताएका छन् । युद्धपोतमा रहेका १०६ जनामध्ये ७५ जनालाई दुईवटा हेलिकोप्टर, दुईवटा फ्रिगेट र एउटा पानी जहाजको सहयोगमा उद्धार गरिएको छ ।

‘हराइरहेका व्यक्तिलाई हामी खोजिरहनेछौं’, नौसेना एक प्रवक्ताले बीबीसीलाई भने । बाँचेको खोजी गर्न खोजी टोलीहरूले रातभर उद्धार गरेका छन् ।
‘हाम्रो सेनाको इतिहासमा यो लगभग कहिल्यै भएको थिएन, विशेष गरी अझै सक्रिय प्रयोगमा रहेको जहाजमा’, प्रवक्ता एडमिरल पोग्क्रोङ मोन्थर्डपलिनले बीबीसीलाई भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्