काभ्रेमा भएको बस दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, मंसिर २७ । काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

बेथानथोक ५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका(४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको हो । काभ्रेका एसपी चक्रराज जोशीका अनुसार १३ जनाको मृत्यु भएको छ । २० जना गम्भीर घाइते भएका छन् । मृत्यु भएकाहरुको पहिचान हुन बाँकी नै रहेको छ ।

घाइतेलाई उद्दार धुलिखेल अस्पताल पठाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्