काठमाडौं । दुर्गा प्रसाईंले निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । उनले ‘नेपाल पथ दल‘ नामक नयाँ पार्टी खोलेका हुन् ।
आगामी मंसिर ७ गते झापाको दमकमा पार्टीको औपचारिक घोषणा हुने बताइएको छ । यसअघि प्रसाईले राप्रपा परित्याग गरेका डा. धवल समशेर राणासँग मिलेर दल दर्ता गर्ने तयारी गरेकोमा विवाद उत्पन्न भएपछि आ-आफ्नो बाटो लागेका थिए ।
राणाले ‘जय नेपाल पार्टी’ नामक छुट्टै दल दर्ता गराइसकेका छन् । प्रसाईले पनि ‘नागरिक बचाउ दल’ नाम परिवर्तन गरेर ‘नेपाल पथ दल’ कायम गरेका हुन् । निर्वाचन आयोगले उनलाई प्रमाण पत्र समेत दिइसकेको छ ।










