बैतडी जिप दुर्घटना : चालकसहित ४ जना घाइते, २ को अवस्था गम्भीर

खबर बुक
  • ख-
  • ख+

बैतडी, २१ मंसिर । बैतडीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। बुधबार  बिहान जिल्लाको सूर्नया ६ दुदिलाखान नजिकै जिप  दुर्घटना हुँदा  चालकसहित ४ जना घाइते  भएका हुन् ।

घाइते हुनेमा बझाङको केदारस्यु गाउँपालिका ५ का जिप चालक २० वर्षीय धनबहादुर  गुरधामी, बझाङकै बुंगल नगरपालिका  वडा नं ९ का ४५ वर्षीय नरपती पातली,७० वर्षीया काली पातली र नरमा पातली रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोक राज जोशीले जानकारी दिए ।

उनका अनुसार बुंगल नगरपालिका वडा नं ९ की ४५ वर्षीय नरपती पातली,७० वर्षीया  काली पातलीको अवस्था गम्भीर रहेको छ । उनले भने, ‘उपचारका लागि डडेल्धुरा लगिएकाे छ । उनीहरुको अवस्था गम्भीर छ । दुई जना सामान्य छन् ।’ घाइतेलाई उपचारका लागि डडेल्धुरा पठाइएको प्रहरी प्रवक्ता जोशीले बताए ।

बुधबार बिहान बझाङबाट डडेल्धुरा जाँदै  गरेको से१च १२२६ नं को जिप जयपृथ्वी राजमार्गमा पर्ने सूर्नया- ६ दुदिलाखान  नजिकै दुर्घटना परेको  हो । जिप सडकबाट करिब सय मिटर तल खसेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्