३ असोज, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशनका लागि दोलखामा संयोजक र सहसंयोजक तोेकेको छ ।
इतर समूहको १५ औं केन्द्रीय महाविधेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले दोलखामा संयोजक र सहसंयोजक तोेकेका हुन् ।
उनले महाधिवेशनको तयारीका लागि ताराकुमार खड्कालाई संयोजक र जयराम श्रेष्ठलाई सहसंयोजक तोकेका हुन् ।
जिल्ला संयोजक तोकिएका नेता खड्का १४ औं महाधिवेशनमा दोलखा सभापतिमा बर्मा लामासँग पराजित भएका थिए ।
यस्तै नेता श्रेष्ठ दोलखा–२ का पूर्व क्षेत्रीय सभापति हुन् । उनले नेपाल तरुण दलको जिल्ला अध्यक्ष भएर काम गरिसकेका छन् ।
पार्टीले देशभर शनिबार र आइतबार वडा अधिवेशन गरिरहँदा इतर समूह सहभागी भएका छैन । इतर समूहले १५ असोजमा वडा अधिवेशन तोकेको छ ।










