काठमाडौँ । राष्ट्रिय दिवसका रूपमा मनाइने संविधान दिवसका अवसरमा सैनिक मञ्च, टुँडिखेलमा विशेष समारोह सुरु भएको छ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साहलगायत सरकारका प्रमुख, विशिष्ट पदाधिकारी तथा कूटनीतिक नियोगका प्रतिनिधिहरूको उपस्थिति रहेको छ।
समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा विभिन्न सांस्कृतिक झाँकी टोलीले कवाज र सांस्कृतिक प्रस्तुति प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।
संविधान दिवसका अवसरमा देशभरका विभिन्न स्थानका साथै विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा समेत विविध कार्यक्रम आयोजना गरी दिवस मनाइँदै छ।










