नेपालमा गएको विपद्प्रति सी जिनपिङद्वारा राष्ट्रपति पौडेललाई समवेदना सन्देश

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालमा हालै गएको विनाशकारी पहिरो तथा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाएका छन्।

नेपालस्थित चिनियाँ दूतावासका अनुसार राष्ट्रपति सीले शुक्रबार समवेदना सन्देश पठाएका हुन्।

सीले शुक्रबार नै चिनियाँ कम्युनिस्ट पार्टीको आकस्मिक बैठक बोलाएर विपद्‌पछिको उद्धार तथा राहत कार्यबारे जानकारी लिएका थिए। उनले पहिरोका कारण बनेको नयाँ अवरोध ताल (ब्यारियर लेक) बाट उत्पन्न हुन सक्ने जोखिममा विशेष ध्यान दिन सम्बन्धित अधिकारीलाई निर्देशन दिएका छन्।

बुधबार नेपाल–तिब्बत सीमामा आएको आकस्मिक बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्