पाण्डेले सेनाका जवान थर्काए पछि प्रधानसेनापति पुगे प्रधानमन्त्री भेटन सिंहदरवार

खबर बुक
  • ख-
  • ख+


काठमाडौं, १९ साउन । प्रधानमन्त्री बालेन्द्र शाह र प्रधानसेनापति अशोकराज सिग्देलबिच सिंहदरवारमा भेटवार्ता भएको छ।

आज बिहान ११ बजे प्रधानमन्त्रीलाई भेट्न सिग्देल सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुगेका थिए। तर, सो भेटबार्ता छोटो समयका लागि मात्रै भएको थियो । सो भेट पछि प्रधानमन्त्री शाहले सुदुरपश्चिमका सांसदहरूसँग सामुहिक छलफल गरेका छन ।

पछिल्लो समय देशको तराई क्षेत्रमा दुई समुदायबिच विवाद देखिएको, गोकर्णेश्वरमा नेपाली सेनाको ब्यारेक रहेको स्थान भत्काउन प्रधानमन्त्री शाह निकट सांसद राजुनाथ पाण्डे आफैँ फिल्डमा गएको तथा प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देल बिच बढदो दुरी कायम रहेको बेला यो भेटघाट भएको हो, जुन अर्थपुर्ण रहेको छ । 


प्रधानमन्त्री भेट्न प्रधानसेनापति सिग्देल सिंहदरबार पुगे पनि के विषयमा छलफल भयो भन्ने विषयमा जानकारी बाहिर आएको छैन् । तर, प्रधानमन्त्री शाह निकट सांसद पाण्डेले नेपाली सेनाकाे जवान माथी दुर्ब्यबहार गरेकाे भन्दै सेनापतिले असन्ताेष जनाएकाे बुझिएकाे छ । 

माकलबारीतर्फबाट गोकर्णेश्वर मन्दिरतर्फ जाने ठाउँमा जंगलका कारण विस्तार हुन नसकेको ठाउँमा सोमबार काठमाडाैं-३ का सांसद पाण्डेसहितका जनप्रतिनिधिको उपस्थितिमा सडक विस्तार गर्दा विवाद भएको हो। नेपाल ट्रष्टको स्वामित्वमा रहेको गोकर्ण फरेष्ट रिटोर्स जंगलको पर्खाल भत्काएर सडक विस्तार गर्दा नेपाली सेना प्रतिनिधिले असहमति जनाएका थिए। सांसद पाण्डेले आफूले प्रधानमन्त्री शाहसँग कुरा गरेरै काम गर्न लागेको हुँदा जनताको सुविधाका लागि सडक खोल्दा फरक नपर्ने जवाफ दिएको भिडियो यतिखेर सामाजिक सञ्जालमा छरपस्ट देखिन्छ।

सो अघि गतसाता राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा प्रधानमन्त्री शाह र प्रधान सेनापति सिग्देल बिच औपचारिक भेटबार्ता भएको थियो ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले प्रधानमन्त्रि र प्रधानसेनापति बिच नियमित भेटघाट भएको प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्