दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १९ मंसिर । राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुभएकाे छ ।

गण्डकी प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित भएका मनाङेले एक विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीमा प्रवेश गरेको जनाउनु भएकाे हाे ।  आफ्नो विचार र शिद्बान्त मिल्ने भएकाले एकीकृत समाजवादीलाई रोजेको उहाले बताउनुभयाे ।

पूर्व प्रदेश मन्त्री मनाङेले मनाङ–१ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिनुभएकाे थियाे ।  अर्का उम्मेदवार दोर्जे लामा गुरुङले नाम फिर्ता लिएपछि मनाङे निर्विरोध निर्वाचित हुनुभएकाे थियाे ।

नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका कुनै पनि दलले मनाङे विरुद्ध उम्मेदवारी दिएका थिएनन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्