काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पहिलो पटक निजी क्षेत्रका प्रतिनिधिहरुका समस्या सुन्ने भएका छन् । आज बुधबार प्रधानमन्त्रीले निजी क्षेत्रका उद्योगी–व्यवसायीसँग छलफल गर्दै उनीहरूका कुरा सुन्न लागेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार उद्यमी व्यवसायीसँग छलफल गर्न प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उनीहरूलाई बोलाएका छन् ।
बिहान ११ बजे उद्यमी व्यवसायीसँग प्रधानमन्त्रीले छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले चेम्बर अफ कमर्स, नेपाल उद्योग वाणिज्य महासंघ लगायतका प्रतिनिधिहरूलाई बोलाएका हुन् । गत चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका शाहलाई यसअघि नै भेट्न खोजेपनि उनले समय उपलब्ध गराएका थिएनन् ।










