रास्वपाको महाधिवेशनमा किन भइरहेको छैन कार्यसूची अनुसार काम?, महामन्त्री भन्छन्- अनुभवको कमी

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत बुधबार केन्द्रीय सदस्य चयनका लागि मतदान हुँदैछ। अहिले महाधिवेशनस्थलमा दाबी विरोध भइरहेको छ।

महाधिवेशनमा तय भएका कार्यसूची समयमा हुन सकेका छैनन्। बन्दसत्र नै एक दिनपछि हुँदा महाधिवेशन थप एक दिन लम्बियो। तर लम्बिएको समयमा पनि महाधिवेशन सम्पन्न नहुने देखिएको छ।

पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले मतदान शुरु हुन अझै केही घण्टा लाग्ने जानकारी दिए। ‘पहिलो महाधिवेशन भएकोले अनुभवको कमीले ढिलो भएको हो’, उनले भने, ‘२-३ घण्टामा मतदानशुरु हुनेछ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्