राप्रपा काठमाडौंका अध्यक्ष सिम्खडासहित १०७ जनाले दिए सामूहिक राजीनामा

खबर बुक
  • ख-
  • ख+

५ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं जिल्ला कमिटीका अध्यक्ष नवराज सिम्खडासहित १०७ जनाले सामूहिकरूपमा पार्टी परित्याग गरेका छन् । पार्टीके निति र विचारमा विचलन आएको भन्दै उनीहरुले सामूहिक राजीनामा दिएका हुन् ।

जिल्ला अध्यक्ष सिम्खडाले एक वक्तव्य जारी गर्दै पार्टीको नीति र व्यवहारमा एकरूपता नरहेकाले आफूहरूले संयुक्त राजीनामा बुझाएको बताएका छन् ।

उनले भनेका छन्, ‘राप्रपा आफ्नो नीति, सिद्धान्त र विचारबाट विमुख हुँदै गएको तथा भनाइ र गराइमा एकरूपता नरहेको कारण राप्रपा काठमाडौंबाट संयुक्त राजीनामा प्रस्तुत गरेका छौँ ।’

यसअघि सिम्खडाको अध्यक्षतामा बसेको जिल्ला कमिटीको वैठकले राप्रपाबाट अलग हुने निर्णय गरेको थियो । यो समूह अब डा. धवलशम्शेर राणाको नेतृत्वमा गठन हुने नयाँ पार्टीमा जाने तयारी छ । राजीनामा दिनेमा राप्रपाको काठमाडौ महानगर अध्यक्ष केदारबहादुर धमला पनि छन् ।

राप्रपा काठमाडौं जिल्लाका विभिन्न तहमा कार्यरत साथीहरू आजकै मितिदेखि पार्टीबाट अलग भई स्वतन्त्र बस्ने निर्णय गरेका छन्। वैचारिक प्रतिबद्धता: पार्टी छाडे पनि आफ्नो मूल विचार र सिद्धान्तबाट भने विचलित नहुने उनीहरूले स्पष्ट पारेका छन् ।

नामावली सार्वजनिक गरिने: राप्रपाबाट अलग हुने नेता तथा कार्यकर्ताहरूको नामावली क्रमशः प्रकाशित गरिने ढकालले जानकारी दिनुभएको छ। राप्रपा काठमाडौंको यो सामूहिक राजीनामा सँगै देशैभरका पार्टीका जिल्ला अध्यक्षहरू लगायतका साथीहरूमा समेत उच्च आदर र सम्मान व्यक्त गरिएको छ।

राप्रपाको राजधानी संगठनमा देखिएको यो सामूहिक राजीनामालाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्