२० जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू ढल्न सक्ने तर घुँडा नटेक्ने दाबी गरेका छन् ।
बुधवारबाट सुरु भएको कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष आलीले देशप्रतिको प्रेम नझुक्ने भन्दै घुँडा नटेक्ने बताएका हुन् ।
‘म व्यक्तिगत तवरमा पनि ढल्न सक्छु, पछारिन सक्छु तर घुँडा टेक्ने वाला छैन । मेरो शिर काटिन सक्छ तर हात उठाउने वाला छैन ।’
उनले देश र जनताको पक्षमा लड्न ६० वर्षदेखि लागेको भन्दै उक्त सङ्कल्प अलिकति पनि कमी नभएको भन्दै देशको राष्ट्रिय स्वाधीनताका सवालमा कम्परमाइज नगर्ने र प्रतिक्रियावादीका धाक धम्कीसँग नझुक्ने बताए ।










