१२ जेठ , काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अप्सना बानुले ३५ वर्षदेखि देश खोक्रो बनाउने विरुद्ध जेनजी आन्दोलन गरेर के अन्याय गरे भनेर प्रश्न गरेकी छन् ।
प्रतिनिधि सभाको शून्य समयमा सांसद बानुले जेनजी आन्दोलनका क्रममा पक्राउ परि विभिन्न जेलमा रहेकाहरू कहिले छुट्छन् भनी प्रश्न गरिन् ।
‘३५ वर्ष देखि खोक्रो बनाउनेहरूविरुद्ध लडेकाहरू अहिले विभिन्न जेलमा छन् । मुलुकमा सुशासन भ्रष्टाचारको अन्त्यका लागि लडेकाहरू कसैको घर धान्ने छोरा हुन्, कसैका बुबा हुन् भने कोही सुनौलो भविष्य निर्माणका लागि पढिरहेका विद्यार्थी हुन् । उनीहरूको मुद्दा कहिले किनारा लाग्छ र उनीहरूलाई छाडिन्छ,’ बानुले भनिन् । उनले प्रक्रिया पुर्याएर छोड्ने वातावरण निर्माण गर्न पनि माग गरिन् ।









