गाभिएपछि सारियो मन्त्रालय

खबर बुक
  • ख-
  • ख+

३ वैशाख, काठमाडौं । सङ्घीय मामिला मन्त्रालय पहिलेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सँग गाभिए पछि संघीय मामिला मन्त्रालय पनि भूमि व्यवस्था भएको भवनमा सारिएको छ ।

भौतिक मन्त्रालयको नाम परिवर्तन गरेर पूर्वाधार विकास मन्त्रालय बनाइएको छ। पहिले शहरी विकास मन्त्रालय रहेको भवनमा पूर्वाधार विकास मन्त्रालय राखिएको छ ।

युवा तथा खेलकुद मन्त्रालय गाभिएपछि उक्त भवनमा प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यालय राखिएको छ । गाभिएका मन्त्रालयको बोर्ड हटाइएको छ भने उक्त भवनमा लेखिएको नाम मेटिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्