सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौँ, २९ चैत । नेपाली बजारमा आज सुनचाँदीको भाउ सामान्य बढेको छ । आज सुन २०० रुपैयाँले बढेर तोलाको २ लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको शुक्रबार सुन २ हजार २०० रुपैयाँले बढेर २ लाख ९६ हजार ९०० रुपैयाँ कायम थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज १५ रुपैयाँले बढेर तोलाको ४ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गएको शुक्रबार चाँदीको भाउ तोलाको ४ हजार ९६० रुपैयाँ थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्