काठमाडौँ, २८ मंसिर । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव छ । जसको प्रभावले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
आज राति लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
यस्तै, काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ ।
आज बिहान पौने ६ बजे गरेको मापनमा न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस र अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।










