रोल्पामा अटो रिक्सा दुर्घटना, चालकको मृत्यु

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, २७ मंसिर । रोल्पामा अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अटो रिक्सा चालक सुनिलस्मृति–३ का ५४ वर्षीय रेगबहादुर बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

प्रहरीका अनुसार रा १ ह ३३५८ नम्बरको अटो सुनिलस्मृति गाउँपालिका–३ रोहवाङ ग्रामीण कच्ची सडक खण्डको साउनेखोलामा दुर्घटना भएको हो । अटोमा चालक बिष्ट मात्रै थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्