धादिङ। नागढुङ्गा(मलेखु सडकखण्ड आज र भोलि ९शुक्रबार र शनिबार० का लागि खुला गरिएको छ । दैनिक ५ घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको यो सडक एमाले महाधिवेशनको उद्घाटन सत्रलाई ख्याल गर्दै खुला गरिएको हो ।
नागढुङ्गा(मुग्लिन सडक आयोजनाले मंसिर २४ बाट आंशिक बन्द गरेर काम गरिरहेको छ । दुई दिनका लागि बन्द सडक बन्द नगरिने आयोजनाले जनाएको छ । त्यसपछि भने कार्यतालिकाअनुसार तोकिएको समयमा सडक बन्द गरेर काम गरिने पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले बताए ।
उनले भने ,’स्तरोन्नतिलाई तीव्रता दिन धादिङ र काठमाडौंको जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मंसिर २४ गतेबाट पुस १ गतेसम्म बिहान १०स्३० देखि दिउँसो ३स्३० सम्म दैनिक पाँच घन्टा बन्द गरेर काम गरिरहेका थियौँ, एमालेको महाधिवेशनलाई ख्याल गर्दै सवारी चाप र सम्भावित सडक जामलाई मध्यनजर गरी सडक बन्द नगर्ने निर्णय लिएका छौँ ।’
युवा संघको टोलीले बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङलाई भेटेर महाधिवेशनका लागि दुई दिन सडक खुला गरिदिन आग्रह गरेको थियो ।










