गोवा आगलागीमा ज्यान गुमाएका ५ नेपालीको सनाखत, शव ल्याउने तयारी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २५ मंसिर । भारत गोवास्थित एक नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुलेको छ । गत शनिबारको घटनामा पाँच नेपालीसहित २५ जनाले ज्यान गुमाएका थिए ।

गोवा प्रहरीका अनुसार ज्यान गुमाउने नेपालीहरुमा दाङका ३१ वर्षीय चुर्णबहादुर पुन, सिन्धुलीका लिलबहादुर कटुवाल ९विवेक०, झापाका सविन विश्वकर्मा र सुदीप विश्वकर्मा तथा डडेलधुराका मनोज जोरा छन् ।
उनीहरुको शव नेपाल ल्याउने तयारी भइरहेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार उनीहरुको शव ल्याउन नयाँदिल्लीस्थित नेपाली राजदूतावासले गोवा सरकारसँग समन्वय गरिरहेको छ ।

चुर्णबहादुरको शवलाई गोवाबाट एयर एम्बुलेन्समार्फत् लखनउ र लखनउबाट गाडीमा दाङ पुर्‍याउने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अन्यको हकमा पनि घरसम्मै शव पुर्‍याइदिने पहल भइरहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार त्यसका लागि भारतमा रहेका नेपालीहरुले पनि सहयोग गरिरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्