पार्टीमा नेतृत्व हस्तान्तर र रुपान्तरण गर्नुपर्ने अहिलेकोआवश्यकता : गोकर्ण विष्ट

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले अहिलेको अवस्थामा पार्टीमा नेतृत्व हस्तान्तर र रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन ।

एमाले महाधिवेशनका सन्दर्भमा बुधबार काठमाडौंमा आयोजित अन्तक्र्रियामा विष्टले अहिले देश र पार्टीभित्र पनि संकट पैदा भएकाले सामूहिक नेतृत्वका लागि पार्टीमा नेतृत्व हस्तान्तर र रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन । उनले ईश्वर पोखरेलको समूहबाट आफूहरू प्रतिस्पर्धामा उत्रने जानकारी दिए । यथास्थितिबाट माथि उठेर नयाँ चुनौतीको सामना गर्नसक्ने नेतृत्व आवश्यक भएको उनको भनाइ छ । विष्टले लोकतान्त्रीक अभ्यास गर्दा पछि परेका नेताहरुलाई निषेध गर्ने परिपाटीलाई अन्त्य गर्दै सवैलाई समेटेर महाधिवेशनपछि पार्टीलाई एकढिक्का बनाएर लैजाने जिकिर गरे।

उनले जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शनमा एकता र सहमतिका साथ पार्टीको नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए। एमालेको महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्