धनकुटामा झोलुंगे पुलबाट लडेर वृद्धाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, २२ मंसिर । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका–४ लेउती खोला स्थित झोलुंगे पुलबाट लडेर एक वृद्धा महिलाको मृत्यु भएको छ।

हिजो साँझ झोलुंगे पुलबाट खोलातर्फ झर्ने क्रममा अचानक चिप्लिएर खस्दा साँगुरीगढी गाउँपालिका–६ निवासी ७८ वर्षीया बिस माया लिम्बुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले टोली तथा थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धानको कार्य पुरा गरि शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा पठाएको धनकुटाका प्रहरी नायब उपरिक्षक राजन कार्कीले जानकारी दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्