आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम शुरु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २१ मंसिर । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सुरु हुदैछ।

जसअनुसार समानुपातिक प्रणालीतर्फ सहभागी हुने दलहरुले आज बिहान १० बजेदेखि पर्सि २३ गते दिउँसो ४ बजेसम्म निवेदन दिनुपर्नेछ। समानुपातिकतर्फको निर्वाचनका लागि आवेदन दिने राजनीतिक दलको सूची मङ्सिर २४ गते प्रकाशित हुनेछ।

आवेदन दिएका राजनीतिक दलले आगामी पुस १३ र १४ गते बिहान १० देखि दिउँसे ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा छ। यस्तै, आगामी माघ ३० गते भने समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशित हुने कार्यक्रम तय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

कुल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० सदस्य निर्वाचित हुने प्रावधान छ। प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रमअनुसार आगामी माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्