मधेशका नवनियुक्त मुख्यमन्त्री यादवको शपथ आज

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, २१ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

कांग्रेस संसदीय दलका नेता यादव ७ दलका ७७ प्रदेश सभा सदस्यहरुको समर्थनमा यही मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्रीको कार्यालयले आज शपथ ग्रहणको तयारी गरिएको जनाएको छ ।

यादवले आजै सानो आकारको मन्त्रीमण्डल पनि गठन गर्ने बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्