सरकार जेनजी आन्दोलनको म्याण्डेड बिपरित अघि बढ्न खोज्यो :शाही

खबर बुक
  • ख-
  • ख+

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानबहादुर शाहीले वर्तमान सरकार जेनजी आन्दोलनको म्याण्डेड बिपरित अघि बढ्न खोजेको आरोप लगाएका छन ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गदै शाहीले सुशासन कायम, भ्रष्टाचार नियन्त्रण, जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीलगाएतका माग जेनजी आन्दोलनको रहेपनि सरकारको ध्यान निर्वाचनमा मात्रै केन्द्रीत भएको बताए । वर्तमान सरकार ८४ को निर्वाचन ८२ मा गर्न मात्रै गठन नभएको हेक्का राख्न उनले सुुझाव दिए ।

शाहीले जनेजी आन्दोलनका क्रममा ठूलो धनजनको क्षति भएपनि वर्तमान सरकारले समेत शान्ति, सुशासन र अमनचयनमा ध्यान दिन नसकेको बताउनुभयो । वर्तमान सरकारबाट जेनजी युवाहरुमाथि धोका भएको उनको भनाइ छ । शाहीले देशले जित्नेगरि राजा, जेनजी र दलहरुबीच गोलमेच सम्मेलन गरि संविधान संशोधनको सम्झौता गर्नुपर्नेमा जोड दिनुभयो । अहिलेको अवस्थामा निर्वाचित भएर नयाँ मान्छे शासन चलाउन आएपनि मुलुकको अवस्थामा परिवर्तन नहुने उनको भनाइ छ ।

उनले प्रदेश संरचना खारेज, प्रत्यक्ष निर्वाचित कार्यकारी, हिन्दु, बुद्ध, किराँतसहितको हिन्दु अधिराज्य, संवैधानिक राजसंस्था कायमका लागि दवाव दिन राप्रपाले मंसिर २३ गते उपत्यकामा प्रदर्शन गर्न लागेको जानकारी दिए ।

राप्रपाले उठाएका मुद्दा केवल एक पार्टीको मात्रै नभइ सवै जनताको मुद्दा रहेकाले राष्ट्रिय झण्डामा एकजुट भएर जनताहरु सडकमा आउने उनको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्