कोशी राजमार्ग र विराटनगरमा सिसिटिभी क्यामराहरु पुनः संचालनमा ल्याइने

खबर बुक
  • ख-
  • ख+

बिरानगर । जेनजी आन्दोलनका क्रममा तोडफोड भएका विराटनगरको रानीदेखि बुढीगंगासम्मको कोशी राजमार्ग र विराटनगर क्षेत्रमा रहेको सिसिटिभी क्यामराहरु मर्मत सम्भार गरेर पुनः संचालनमा ल्याइने भएको छ ।

सिसिटिभी मर्मत सम्भारका लागि करिब साढे २४ लाख रुपैयाको लागत खर्च लाग्नेमा युएनभीले साढे १४ लाख रुपैया र मोरङ उद्योग व्यापार संघ, उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ कोशी र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले बाकी १० लाख रुपैया उपलव्ध गराउने भएका छन् ।

व्यवसायिक सामाजिक उत्तरदायित्व अर्थात सिएसआर अन्तर्गत मर्मत सम्भार हुन लागेको सो कार्यक्रमका लागि जिल्ला प्रहरी कार्यालय मोरङका र युनिभ्यु ब्राण्डको आयातकर्ता प्लाजा सेल्स प्रालिबीच सम्झौता भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कवित कटुवालले र्सार्वजनिक क्षेत्रको निगरानी प्रणालीका लागि सिसिटिभी क्यामेरा अपरिहार्य रहेको र सुरक्षा व्यवस्था मजबुत बनाउन सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।

जेनजी आन्दोलनका क्रममा धेरै सिसिटिभी क्यामेरा तोडफोड गरिएको थियो भने केही थान चोरि भएको थियो । विराटनगरको रानी देखि बुढीगंगा गाँउपालिका र विराटनगर क्षेत्रमा १५६ वटा सिसिटिभी क्यामेरा रहेकोमा जेनजी आन्दोलनका क्रममा १ सय २२ वटा क्षतिग्रस्त तुल्याइएको थियो भने हाल ३४ वटा मात्रै संचालनमा रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्