नेपाली कम्युनिस्ट पार्टीको सन्देश सभाको सुरुवात आज धनगढीबाट

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । विभिन्न वाम घटकहरू एकीकृत भएर बनेको नेपाली कम्युनिस्ट पार्टीले आज सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट सन्देश सभाको सुरुवात गर्ने भएको छ।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल तथा नेता भीम रावलसहित शीर्ष नेतृत्व आज धनगढीमा हुने कार्यक्रममा सहभागी हुनेछ।

पार्टीले देशव्यापी सन्देश सभा सञ्चालन गर्ने उद्देश्यसहित सातै प्रदेशमा क्रमिक कार्यक्रम तय गरेको छ। आज सुदूरपश्चिमबाट सुरु हुने कार्यक्रम मंसिर १३ लुम्बिनी, मंसिर १४ — गण्डकी ,मंसिर १५ कोशी ,मंसिर १८ कर्णाली ,मंसिर २० मधेस र मंसिर ২৩ — बागमती प्रदेशको हेटौँडामा हुने छ ।

पार्टीले एकीकृत वाम शक्तिको नयाँ राजनीतिक दिशाबारे जनसमक्ष जानकारी पुर्‍याउने उद्देश्यले सन्देश सभाहरू आयोजना गर्न लागिएको जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्