महाधिवशेन नगर्ने नियतका साथ केन्द्रीय कार्यसमिति बैठक लम्वाइयो: गुरु घिमिरे

खबर बुक
  • ख-
  • ख+


काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षका नेताहरुले नयाँ नीति र नेतृत्वका साथ पार्टी निर्वाचन होमिनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस विशेष महाधिवशेनका सन्दर्भमा बुधबार काठमाडौंमा आयोजित सभामा उनीहरुले पुराना गल्ती कमजोरीलाई सुधार गर्दै विधान संशोधन गरि नयाँ नीति र नेतृत्वका साथ पाटी निर्वाचनमा होमिनुपर्ने बताएका हुन् ।

सभामा कांग्रेस नेता गुरु घिमिरेले विशेष महाधिवेशन माग गर्दै बुझाइएको हस्ताक्षरको अवमूल्यन नगर्न सुझाव दिनुभयो । उहाले मंसिर मसान्त वा पुष पहिलो साता विशेष महाधिवेशन गर्दै नयाँ नेतृत्व र नीतिका साथ पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिए ।

घिमिरेले समयमा महाधिवशेन नगर्ने नियतका साथ पार्टीको केन्द्रीय कार्यसमिति बैठक लम्वाइएको आरोप लगाए। उनले विशेष महाधिवेशनका लागि सभापति शेर बहादुर देउवाले पनि सहजीकरण गर्नुपर्ने भन्दै महाधिवेशनपछि देउवालाई सम्मानीत नेताका रुपमा अघि बढाउने जिकिर गरे । पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नका लागि विशेष महाधिवेशनको माग गरको उनले बताए।

त्यस्तै अन्य नेताहरुले अव बस्ने केन्द्रीय समिति बैठकले विशेष महाधिवेशनको निर्णय गर्नुपर्ने बताएका थिए । उनीहरुले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गर्नेहरुमाथिको अपमान स्वीकार्य नहुने समेत जनााएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्