काठमाण्डौं, ६ मंसिर । चितवनको माडी नगरपालिका–१ गर्दीमा आज बिहानै बाटो काट्न लागेका स्थानीयलाई यात्रुबाहक बसले ठक्कर दिँदा घटनास्थलमै ज्यान गएको छ ।
माडी नगरपालिका वडा नम्बर १ सेरुवा घर भएका ६२ वर्षका फिरल महतोको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बा प्र ०३–००१ ख २८८७ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिएको चितवनका प्रहरीका प्रवक्ता डिएसपी रविन्द्र खनालले जानकारी दिए ।
बसको ठक्करबाट महतोको मृत्युु भएको छ भने दुर्घटनापछि अनियन्त्रित भएर बस पल्टिँदा थप दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा बसमा यात्रा गरिरहेका माडी–२ चिरौलीका ५ वर्षीय देवांश महतो र भरतपुर–२७ कि ३० वर्षीया सुनिता महतो रहेको प्रहरीले जनाएको छ । उनीहरु दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।











