रामेछापमा सुमो अनियन्त्रित भइ दुर्घटना

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर ५ । रामेछाप खाँडादेवी गाउपालिका ४ रजगाउँमा सुमो अनियन्त्रित भइ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । त्यस्तै, दुर्घटनामा ७ जना घाइते भएका छन् । मृत्यु हुनेमा मन्थली न।पा।–३ माथिल्लो कठजोर बस्ने बर्ष ५३ की गितामाया जोगी छन् ।

दुर्घटनामा घाइते जोगीको उपचारको क्रममा मन्थली अस्पताल रामेछापमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भोला भट्टले जानकारी दिए ।
घाइतेमध्ये अधिकांश मन्थली नगरपालिका कठजोरका छन् । दुर्घटनास्थलबाट घाइतेहरूको स्थानिय र प्रहरीको सकृयतामा उद्धार गरी मन्थली अस्पताल रामेछापमा ल्याई प्रारम्भिक उपचार गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्