सिमरामा थप तनाव: प्रहरीद्वारा एक राउण्ड हवाई फायर, तीन राउन्ड अश्रुग्यास प्रहार

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर ४ । जेनजी प्रदर्शनकारीलाई सडक प्रदर्शन रोक्न गरिएको अनुरोध नमानेपछि प्रहरीले एक राउण्ड हवाई फायर र तीन राउन्ड अश्रुग्यास प्रहार गरेकाे छ।

जिल्ला प्रशासन कार्यालय बाराले सिमरा क्षेत्रमा लगाएकाे कर्फ्यू ताेड्दै जेनजी युवाहरुले आन्दाेलन गरेपछि स्थितिलाई नियन्त्रणमा लिन एक राउड हवाई फायर र तीन राउण्ड अश्रुग्यास प्रहार गरिएको प्रहरीले जनाएकाे छ। 

सीडीओले बोलाएको वार्तामा जान जेनजीका जिल्ला संयोजक सम्राट उपाध्याय कलैयातर्फ हिँड्नै लाग्दा जेनजी समूहबीचमै विवाद भएपछि अहिले उनीहरू सिमराको मुख्य बजारमा बैठक बसिरहेकाे बताइएकाे छ। बुधबार जेनजीको शान्तिपूर्ण प्रदर्शनमा गएर अभद्र व्यवहार प्रदर्शन गर्ने अरविन्द साहलाई पक्राउ गर्नुपर्ने उनीहरूको माग छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्