प्राधिकरणका महानिर्देशक अधिकारीमाथि दुर्व्यवहार गर्ने ३ जना पक्राउ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, कार्तिक ५ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा सर्लाहीका ३४ वर्षीय हेम तामाङ, रामेछापका ३० वर्षीय सिर्जन अधिकारी र काभ्रेका करिब ३७ वर्षीय कोकिल बहादुर शाही छन्। उनीहरूलाई गएराति र बुधबार बिहान पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूमाथि अनुसन्धान भइरहेको छ। सोमबार साँझ महानिर्देशक अधिकारी आफ्नो घर जाने क्रममा सातदोबाटोस्थित एन्फा नजिकै केही अज्ञात व्यक्तिहरूले उनीमाथि दुर्व्यवहार गरेका थिए। त्यसपछि अनुसन्धानमा जुटेको प्रहरीले दुर्व्यवहार गर्नेहरूको पहिचान गर्न सफल भएको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्