१० जलविद्युत् आयोजनाले पाए लाइसेन्स

खबर बुक
  • ख-
  • ख+

काठमाडौं। विद्युत् विकास विभागले चालू आवको पहिलो त्रैमासमा कुल १० वटा जलविद्युत् आयोजनालाई निर्माण अनुमति दिएको छ। ती आयोजनाको कुल क्षमता दुई सय ४१ दशमलव ५० मेगावाट बराबर रहेको विभागले बताएको छ।

विभागले हालसम्म २६६ आयोजनालाई निर्माण अनुमतिपत्र दिएको छ। ती आयोजनाको कुल क्षमता १० हजार आठ सय २५ मेगावाट रहेको विभागले उपलब्ध गराएको विवरणमा उल्लेख छ।

विभागले चालू आवको असोजसम्म लापा खोला ९४।७२ मेगावाट, लोअर बरुण ९१३२ मेगावाट, म्याग्दी खोला बी ९१२ दशमलव ५० मेगावाट, तल्लो लिखु क्यासकेड ९६ मेगावाटलाई निर्माण अनुमतिपत्र उपलब्ध गराएको हो।

यस्तै, माथिल्लो मेलम्ची ९चार दशमलव ९५ मेगावाट, सुपर सभाखोला ९९ दशमलव ५५ मेगावाट, लोअर मेलम्ची खोला चार दशमलव ९६ मेगावाट, अप्पर सेती एक ९१३ मेगावाट, होंगु खोला ९२८ दशमलव ९० मेगावाट र इन्दुवा खोला ९२४ दशमलव ९२ मेगावाटलाई निर्माण अनुमतिपत्र दिएको हो।

विभागले हालसम्म कुल १८५ आयोजनालाई सर्वेक्षण अनुमति दिएको छ। यस्तै विभागका कुल ५९ वटा परियोजनाले निर्माण अनुमतिपत्रका लागि आवेदन दिएका छन्। ती आयोजनाको कुल क्षमता १० हजार पाँच सय ३२ मेगावाट बराबर छ ।
सौर्य परियोजनातर्फ १२ आयोजनाले निर्माण अनुमतिपत्र लिएका छन्। ती आयोजनाको क्षमता ८४ मेगावाट छ। तीन वटा सौर्य परियोजनाले निर्माण अनुमतिपत्रका लागि आवेदन दिएका छन्।

ती आयोजनाको क्षमता १५ मेगावाट छ। निर्माण अनुमतिपत्र लिए पनि काम अगाडि नबढाएका १५ आयोजनाको अनुमतिपत्र खारेज गरिएको विभागले जनाएको छ।

निर्माण अनुमतिपत्रका लागि आवेदन दिएका र आवश्यक प्रक्रिया पूरा नगरेका ११ आयोजनाको पनि आवेदन खारेज गरिएको छ। त्यस्तै, ११८ आयोजनाको सर्वेक्षण अनुमतिपत्र खारेज गरिएको विभागको सूचनामा उल्लेख छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्