प्रचण्डको सचिवालयबाट गंगाले दिईन् राजीनामा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३ कात्तिक । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयबाट गंगा दाहालले राजीनामा दिएकी छन् । आफूलाई देखाएर निरन्तर प्रचण्ड र पार्टीविरुद्ध योजनावद्ध रुपमा प्रहार भइरहेको भन्दै उनले राजीनामा दिएकी हुन् । उनले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘निरन्तर मलाई देखाएर नेकपा (माओवादी केन्द्र) का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनावद्ध प्रहार भइरहेका कारणले गर्दा मैले संयोजकको सचिवालयबाट राजीनामा दिएकी छु ।’

उनले आफू पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा भने क्रियाशील रहने बताएकी छन् । सचिवालयमा रहँदा पार्टीका नेताहरू, कार्यकर्ताहरू र आम नागरिकले गरेको सहयोगप्रति उनले आभार व्यक्त गरेकी छन् ।

आफ्नो ब बारेमा पछिल्लो समयमा बिभिन्न सञ्चार माध्यममा भ्रामक भ्रामक समाचारआएको प्रति गम्भीर ध्यानाकर्षण भएको पनि उनले बताएकी छन् । प्रचण्डको सचिवालयमा भाइ प्रकाश दाहालको देहवसानपछि आमा सीता दाहाल बिरामी भएको अवस्थामा पार्टी निर्णयअनुसार जिम्मेवारी लिएरको पनि उनले बताएकी छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्